शुक्रबार, जेठ ४, २०८१

सुनको मूल्य तोलाको एक लाख ११ हजार

नेपालखोज २०७९ चैत २२ गते ११:४५

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ हजार रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ४० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया