सोमबार, पुष ७, २०८२

म्याग्दीमा पहिराेले घर बगाउँदा दुईको मृत्यु, तीनजना बेपत्ता

नेपालखोज २०७९ साउन १७ गते ९:१३
फाइल तस्बिर

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराेले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो ।

घटनास्थलमा रहेका निवर्तमान वडासदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनकी श्रीमती गोरी विक पहिराेमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् ।

स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए ।

घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।

प्रतिक्रिया