शनिबार, असार ७, २०८२

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ साउन १७ गते ११:०२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया