शनिबार, जेठ ५, २०८१

पुनः ओरालो लाग्यो नेप्से, झन्डै ३ अंकले घट्दा ३ अर्ब २९ करोडको कारोबार

नेपालखोज २०७९ साउन १७ गते १५:४०

काठमाडौं । नेप्से पुनः ओरालो लागेको छ । अघिल्लो दिन एक दशमलव १५ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने दुई दशमलव ८१ अंकले घटेर २१ सय ९३ दशमलव ४३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य एक अंकले घटेर चार सय २१ दशमलव १३ अंकमा पुगेको छ ।

दुई सय १७ कम्पनीको ५० हजार तीन सय ६५ पटकको कारोबारमा ७८ लाख १३ हजार एक सय दुई कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार सात सय ६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा ६ वटाको सूचक बढेर बाँकी सात समूहको घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव २५ अंकले घटेर १४ सय ३२ दशमलव ३५ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक २१ दशमलव १२ अंकले घटेर चार हजार २४ दशमलव ६८ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक सात दशमलव ६६ अंकले घटेर आठ हजार ६ सय ३६ दशमलव ७१ अंकमा झरेको छ । यस्तै जीवन बिमा समूहको सूचक ६४ दशमलव ४६ अंकले घटेर १० हजार दुई सय ६९ दशमलव १५ अंकमा झरेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, अन्य र लगानी समूहहरूको सूचक पनि घटेका छन् । जलविद्युत् समूहको सूचक भने २८ दशमलव ५६ अंकले बढेर २६ सय सात दशमलव ९१ अंकमा चढेकामा फाइनान्स समूहको सूचक २३ दशमलव २३ अंकले बढेर १९ सय ८० दशमलव ६० अंकमा चढेको छ ।

यसैगरी लघुवित्त, ट्रेडिङ, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज विन्धवासिनी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर चार सय ४७ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेर १२ सय ८८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता आठ सय २८ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ३२ लाख २७ हजार एक सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया