अजोड इन्स्योरेन्सले दियाे कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ । बिमा समितिको स्वीकृती बमोजिम कम्पनीले यही साउन १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडबाट दीपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार क्षेत्री साउदले गरेका थिए । अजोड इन्स्योरेन्सलाई बिमा समितिले कृषि बिमा गर्न तोकिएको जिल्लाबाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालिम संचालन गरेको हुनाले अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गर्न सक्रिय छ भन्ने कुरा प्रष्ट बुज्न सकिन्छ ।
सो कार्यक्रममा अजोड इन्स्योरेन्सको लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुरशाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया