नेपाल र बंगलादेशबीचकाे खेल बराबरीमा
नेपालखोज
२०७९ साउन १७ गते १९:०९

काठमाडाैं । नेपालले यू–ट्वान्टी साफ च्याम्पियनसिपको आफ्नो अन्तिम लिग चरणको खेलमा मंगलबार बांग्लादेशसँग १–१ गोलको बराबरी खेलेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको खेलमा नेपाल बंगलादेशसँग १–१ गोलको बराबरी खेलेपछि नेपालले ४ खेलमा ७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आफूलाई राखेको छ ।
नेपालभन्दा १ खेल कम खेलेको भारतको ६ अंक रहेको छ । आजै हुने अर्को खेमला भारत माल्दिभ्ससँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना हुनेछ । भारत बराबरी वा जितको नतिजा आत्मसाथ गर्न सफल भए नेपालको सम्भावना समूह चरणबाटै सकिने छ ।
नेपालसँग बराबरी खेल्दै १ अंक लिएको बंगलादेश भने १० अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया