इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो
नेपालखोज
२०७९ साउन १७ गते २०:४८

तेहरान । इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले मंगलबार जनाएका छन् ।
इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिए ।
बेपत्ता भएकाहरूको अझै पनि खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको उहाँको भनाई छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।
बाढी पहिरोले १६७ क्षेत्र, १३० सहर, १३ सय ८६ गाउँ र १५३ सडक प्रभावित भएको पनि जनाइएको छ । यस अवधिमा ६१ हजार १२७ जनालाई राहत सामग्री पनि उपलब्ध गराइएको छ ।
सम्बन्धित








प्रतिक्रिया