सार्वजनिक स्थानमा महिलामाथि हुने हिंसा बढ्दै, ओरेकले गरायाे सरोकारवालाकाे ध्यानाकर्षण

नेपालखोज २०७९ साउन १८ गते ७:०८

काठमाडाैं । ओरेक नेपालले सार्वजनिक स्थानमा महिलामाथि हुने हिंसा सम्बन्धी अनुसन्धानको सुझाव सहितको नतिजा सार्वजनिकीकरण गरेकाे छ । एक कार्यक्रमका बीच राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्ककन समितीका सभापति निरादेवी जैरुको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हाे ।

सार्वजनिक स्थानमा महिला तथा किशोरीहरुको पहुँच बढ्दै गइरहेको अहिलेको अवस्थामा सार्वजनिक स्थानमा हुने हिंसाको आयामहरु पनि बढ्दै गएकाले, त्यसै अवस्थालाई मध्यनजर गर्दै अनुसन्धानको नतिजा सार्वजनिक गर्ने तथा अनुसन्धानका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्नका लागि आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भनि सम्बन्धित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया