पुन: पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नेपालखोज
२०७९ साउन १८ गते ८:३६

काठमाडौं । गएरातिदेखि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोलामा गएराति पुनः पहिरो खसेपछि सवारी आवगमन अवरुद्ध भएको हो ।
पहिरोका कारण गएराति साढे दुई २ बजेदेखि सवारी आवगमन पूर्ण रुपमा प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ । मौरीखोलामा गत सोमवार राती खसेको पहिरो २३ घण्टा पछि खुलाइएको थियो । वर्षाको कारण सोही ठाउँमा पुनः पहिरो खस्दा आवगमन बन्द भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया