शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ साउन १८ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया