एसबीआई बैंकको खुद मुनाफा एक अर्ब ६३ करोड

काठमाडौं । नेपाल एसबीआई बैकले आर्थिक वर्ष ०७८/७९ मा एक अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको बैंकले आव ०७८/७९ मा एक खर्ब १९ अर्ब ७१ करोड दुई लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब २७ करोड २५ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ४० करोड ७७ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३६ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४४ करोड ८८ लाख पाँच हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ६६ अर्ब २३ करोड ८४ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ९५ करोड १२ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ८६ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव १८ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया