पौडी खेल्ने क्रममा हराएका खरेलको शव २० फिटमुनि भेटियो (तस्बिरसहित)

नेपालखोज २०७९ साउन १८ गते १३:१८

झापा । झापाको गौरदह नगरपालिका ९ स्थित कमल खोलामा हिजो (मंगलबार) पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्ज्वल खरेलको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

कमल गाँउपालिका १ बस्ने खरेल खोलामा पौडी खेल्दाखेल्दै एक्कासि बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरसहितको टोली र सुरक्षा बेस बैगुनधुराबाट खटिएको सशस्त्रको टोली उनको खोजीमा जुटेको थियो ।

सशस्त्र प्रहरीले आज (बुधबार) बिहान ८:२० बजेको समयमा सोही ठाउँमा करिब २० फिट गहिरो पानीमुनि खरेलको शव फेला पारेको हो ।

उद्धारका क्रममा खटिएका टोलीका थप तस्बिर :

प्रतिक्रिया