फिनल्यान्डका राजदूतले भेटे राष्ट्रपति

नेपालखोज २०७९ साउन १८ गते १३:४७

काठमाडौं । नेपालका लागि फिनल्यान्डका राजदूत पेर्टी एन्टिनेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

शीतल निवासमा आज (बुधबार) भएको भण्डारी-एन्टिनेनबीचको भेट बिदाइ भेट भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

भेटमा नेपाल र फिनल्यान्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको पनि प्रवक्ता आचार्यले जानकारी दिए ।

प्रतिक्रिया