सोमबार, पुष ७, २०८२

मकवानपुरमा २८ जनामा डेंगुको संक्रमण

नेपालखोज २०७९ साउन १८ गते १५:३०

मकवानपुर । मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन् । कोरोना संक्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

साउनको १५ दिनमा २८ जना डेंगु रोगको संक्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हेटौँडा उपमहानगरपालिका ४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ ।

मकवानपुरको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा बढी रोगका बिरामी रहेको जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुट रुपमा सो रोगको संक्रमण देखा परेको छ । सूचना अधिकारी घिमिरेले १५ दिनमा उक्त सङ्ख्यामा बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए । संक्रमित हेटौंडा वडा ४ तथा ५ का रहेको र उनीहरुको उपचार भइरहेको उनले बताए ।

कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्यांक आउन बाँकी रहेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस संक्रमण भएको बताइएको छ । गत आवमा २९५ जना डेंगुको संक्रमणबाट बिरामी भएका थिए ।-रासस

प्रतिक्रिया