‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार : तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध भ्रष्ट्रचार मुद्दा दायर गरेको हाे ।
त्यस्तै, ओमसत्य साई प्रालि वीरगञ्जकी म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालविरुद्ध पनि विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन प्रदेश सचिव भूसालले गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गरेर प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्शानी पुर्याएको दाबी गरेको छ ।
हेर्नुहाेस विज्ञप्ति
https://drive.google.com/file/d/1yVDlDxxsDIB4Q_ZcgRaUcHj95ic4L-C1/preview








प्रतिक्रिया