शनिबार, जेठ ५, २०८१

अदुवा प्रतिकेजी ६५ रुपैयाँ, कागती २३३ रुपैयाँ ३३ पैसा

नेपालखोज २०७९ साउन १९ गते ११:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य तोकेको छ । आज (बिहीबार) अदुवा औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ, भने कुरीलोको प्रतिकेजी ५०० रुपैयाँ तोकिएको छ । त्यस्तै, पाकेको फर्सी प्रतिकेजी ३३ रुपैयाँ ३३ पैसा रहेको छ । तेस्तै, अनारको प्रतिकेजी ३३५ रुपैयाँ तोकिएको छ ।

रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । मालदह आँप प्रतिकेजी २३५ रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ६५ रुपैयाँ, कागती २३३ रुपैयाँ ३३ पैसा, र लोकल सानो गोलभेँडा २४ रुपैयाँ ४० पैसाप्रति केजी तोकिएको छ । तेस्तै, हरियो खुर्सानी (बुलेट) प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया