शनिबार, जेठ ५, २०८१

भारतमा १९ हजारभन्दा बढी संक्रमित

नेपालखोज २०७९ साउन १९ गते १३:०५

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट १९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आज (बिहीबार) दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ संक्रमित थपिएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ संक्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो ।

दैनिक संक्रमितहरुको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ४१९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ संक्रमितको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् ।

प्रतिक्रिया