मङ्सिर ४ गते एकै चरणमा निर्वाचन गर्ने सरकारको निर्णय
नेपालखोज
२०७९ साउन १९ गते १५:१८

काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज (बिहीबार) बसेको बैठकले यो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले निर्णय गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया