शनिबार, जेठ ५, २०८१

३८ अंकले नेप्से घट्दा ३ अर्ब ७६ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७९ साउन १९ गते १५:४७

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन ६ दशमलव ७२ अंकले घटेको नेप्से साताको पाँचौं कारोबार दिन आज (बिहिबार) पुन: ३८ दशमलव ६१ अंकले घटेर २१ सय ४८ दशमलव १६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव २५ अंकले घटेर चार सय १२ दशमलव २५ अंकमा झरेको छ ।

दुई सय १५ वटा कम्पनीहरुको ५६ हजार आठ सय १९ पटकको कारोबारमा ८५ लाख ६९ हजार पाँच कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७६ करोड ८० लाख ७९ हजार एक सय ७३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । मध्ये वाणिज्य बैंक समूहको सूचक २० दशमलव ६ अंकले घटेर १४ सय दुई दशमलव ३९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय दशमलव पाँच अंकले घटेर तीन हजार आठ सय ९९ दशमलव ३५ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ५८ दशमलव सात अंकले घटेर २५ सय ९२ दशमलव सात अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि ४८ दशमलव १३ अंकले घटेर आठ हजार पाँच सय तीन दशमलव ५३ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ६७ दशमलव ८३ अंकले घटेर १० हजार २९ दशमलव ४४ अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा बिहीबार बलेफी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर तीन सय ६२ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ५२ प्रतिशतले घटेर सात सय ६९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता आठ सय पाँच रुपैयाँ १० पैसा अन्तिम मूल्यमा २५ करोड २२ लाख ११ हजार दुई सय ६९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएको कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया