१२ लाख जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका फरार अनुप राजथला पक्राउ
नेपालखोज
२०७९ साउन १९ गते १९:५३

काठमाडौं । १२ लाख रुपैयाँ जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार बालुवाटार बस्दै आएका ४५ वर्षीय अनुप राजथलालाई बानेश्वरको थापागाउँबाट आज (बिहीबार) पक्राउ गरिएको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ जेठ ३० गते भएको फैसलामा प्रतिवादी राजथलालाई १२ लाख रुपैंयाँ जरिवाना, चार दिन कैद र ४८ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क भराउने फैसला भएको उक्त कार्यालयले जानकारी दिएको छ ।
पश्चात भने फरार रहेका राजथलालाई अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलिले बिहिबार बानेश्वरको थापगाउँबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ ।
सम्बन्धित








प्रतिक्रिया