शुक्रबार, वैशाख २८, २०८१

‘क्यास अन ह्विल’ र ‘रोयल डिटेलिङ एन्ड पोलिसिङ’को सेवा सुरु, शुल्क २५ हजार मात्र !

नेपालखोज २०७९ साउन १९ गते २१:३७

काठमाडौं । अनलाइन प्लेटफर्ममार्फत १ वर्षअघि रिकन्डिसन गाडीको खरिद-बिक्री तथा सट्टापट्टासम्बन्धी सेवा सुरु गरेको क्यास अन ह्विलले बिहीबारदेखि औपचारिक सेवा सुरु गरेको छ । सेवाको उद्‌घाटन ओशो तपोवनका स्वामी आनन्द अरुणले गरेका छन् । गाडीको खरिद-बिक्रीसँगै डिटेलिङ एन्ड पोलिसिङ सेवासमेत एकै स्थानबाट प्रारम्भ गरेको कम्पनीका कार्यकारी निर्देशक मोहन भण्डारीले बताए ।

ह्यासल फ्रि, ट्रान्सपरेसी र पिस अफ माइन्ड भन्ने नारासहित सेवा सुरु गरेको यो कम्पनीले उचित मूल्यमा गाडीको खरिद बिक्री गर्ने भण्डारी बताउँछन् । ‘ग्राहक आफूले गाडी बिक्री गर्दा उचित मूल्य नपाउने हो कि भन्ने चिन्तमा हुने गरेको हामीले पाएका छौ । हामीकहाँ अनुभवी भ्यालुएटरहरुले गाडीको मूल्यांकन गरेर उचित मूल्य निर्धारण गर्नुहुन्छ,’ उनले भने, ‘ग्राहकले उचित मूल्य पाउने ग्यारेन्टी हामीले गरेका छौं । हामी ३० लाखभन्दा कम मूल्यको गाडीमा २५ हजार र सोभन्दा बढी रकम पर्ने गाडीमा ५० हजार रुपैयाँ मात्र सर्भिस शुल्क लिन्छौं । यसका साथै ग्राहकले पाएको मूल्य तिरेको कमिसन, सरकारी राजस्व र मर्मतलगायत सबै खर्च पारदर्शी हुन्छन् । यसले गर्दा ग्राहकले ठगिएको शंका गर्नु पर्दैन ।’

यो सेवा हालसम्म दुई सयभन्दा बढी ग्राहकले लिइसकेको र इच्छुक ग्राहक उच्च रुपमा बढ्दै गएपछि आफूहरुले पोखरा र इटहरीबाट समेत सेवा प्रदान गर्न थालिसकेको भण्डारीले बताए । छिटै बुटवलमा समेत शाखा विस्तार गरिने उनको भनाइ छ ।

यदि कसैले क्यास अन ह्विलबाट गाडी खरिद तथा बिक्री गर्ने व्यवस्था मिलाइदिएको खण्डमा त्यस्तो व्यक्तिलाई समेत २० हजार रुपैयाँसम्मको कुपन प्रदान गरिनेछ । साथै ३० लाखभन्दा बढी रकमको गाडी खरिद-बिक्री गर्दा ग्राहकले अर्गानो रेस्टुरेन्ट र भाटभाटेनी सुपरमार्केटको १०/१० हजार रुपैयाँ र सोभन्दा कम रकमको खरिद-बिक्रीमा ५/५ हजार रुपैयाँको भौचर प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया