शनिबार, जेठ ५, २०८१

कामनाले निःशुल्क बाँड्यो सेनेटरी प्याड

नेपालखोज २०७८ फागुन २५ गते १४:५९

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदयित्वअन्तर्गत अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासीको सुनवल १ स्थित सुनवल माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई र कास्की जिल्ला पोखरा महानगरपालिका १९, पुरुन्चौरमा महिला समूहलाई लक्षित गरी बृहत कार्यक्रम आयोजना गरी प्रजनन स्वास्थ्य सम्बन्धीजानकारी गराएको छ । साथै कार्यक्रममा निःशुल्क सनेटरी प्याडसमेत वितरण गरिएको छ ।

यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक व्यक्तिको हुने हुंदा महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसंग सम्बन्धित विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजन गरिएको थियो ।

प्रजनन स्वास्थ्यसम्बन्धी उचित शिक्षाको अभाव साथै महिनावारीमा प्याडको उचित प्रयोग गर्न नजान्दा किशोरीहरुमा स्वास्थ्य समस्याहरु बल्झिने गरेको हुँदा सोको जागरूकताका लागि यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बैंकका कर्मचारी, पहिलो पाइला नेपालका प्रतिनिधिलगायत स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया