बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा, बिक्रीदर १५५ रुपैयाँ २४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ २६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८७ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ २४ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ७६ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर









प्रतिक्रिया