आयोगले गर्याे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान
नेपालखोज
२०७९ साउन २० गते १८:२१

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ताको समय तोक्दै दल दर्ताको आह्वान गरेकाे हाे ।
सरकारले हिजो बिहीबार आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको थियाे । चुनावको मिति घोषणासँगै चुनावको तयारी तीव्र बनाएको आयोगले जनाएको छ ।

सम्बन्धित








प्रतिक्रिया