जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
नेपालखोज
२०७९ साउन २० गते २०:५८

चितवन । पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट विकको मृत्यु भएको हो । घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको उनले जानकारी दिए । रासस
सम्बन्धित








प्रतिक्रिया