शनिबार, जेठ ५, २०८१

नेप्से २११३.५५ अंकमा, सातामा २३ अर्ब ४२ लाखको सेयर किनबेच

नेपालखोज २०७९ साउन २१ गते १४:५१

काठमाडौं । यो साता नेप्से २१ सय १३ दशमलव ५५ अंकमा सिमित हुन पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६ दशमलव ४५ अंकमा सिमित हुन पुगेको छ ।

सातामा दुई सय २० वटा कम्पनीको तीन लाख ३९ हजार नौ सय ७६ पटकको कारोबारमा पाँच करोड ४१ लाख ९९ हजार पाँच सय ३१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २३ अर्ब ४२ लाख ६३ हजार एक सय ६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय २७ वटा कम्पनीको तीन लाख २५ हजार तीन सय ८५ पटकको कारोबारमा चार करोड ९६ लाख ८२ हजार तीन सय १९ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम २० अर्ब ८७ करोड २२ लाख ५२ हजार सात सय ९७ रुपैयाँ पुगेको थियो । यो साता नेप्से ६ कार्य दिन नौ खुल्ला रहेकोमा पहिलो र दोस्रो दिन बढेपनि तेस्रो, चौथो, पाँचौं र छैठौ दिन भने नेप्से घटेको थियो ।

सोमध्ये पहिलो दिन ५४ दशमलव ५८ अंकले बढेर २१ सय ९५ दशमलव १० अंकमा चढ्न सफल भएको नेप्से अन्तिम कारोबार दिन ३४ दशमलव ६१ अंकले घटेर २१ सय १३ दशमलव ५५ अंकमा सिमित हुन पुगेको थियो । यीबाहेक बाँकी दिनमा नेप्से लगातार घटेको थियो । यसैगरी पहिलो दिन नौ दशमलव ७२ अंकले बढेर चार सय १९ दशमलव २० अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पाँच दशमलव आठ अंकले घटेर चार सय ६ दशमलव ४५ अंकमा खुम्चिएको थियो । यीबाहेक बाँकी दिनहरुमा सेन्सिटिभ इन्डेक्स घटेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनिको सूचीमा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी अगाडि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यो साता पनि शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएको छ । शिवम सिमेन्ट, नेपाल टेलिकम लगायतका कम्पनीहरुको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया