बिहीबार, जेठ २, २०८२

श्रीलंकामा इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने

नेपालखोज २०७९ साउन २१ गते १९:१३

कोलोम्बो । श्रीलंकाले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ । सरकारले उपयुक्त नयाँ फर्म वा कम्पनी छनोट गर्न एक समिति गठन जिम्मेवारी तोकेको हो ।

विद्युत तथा ऊर्जामन्त्री कञ्चन विजेसिकेराले शनिबार श्रीलंकामा पेट्रोलियम उद्योगमा धेरै कम्पनी संलग्न गर्ने सरकारको चाहना रहेको र यसैका लागि सरकारले नयाँ कम्पनीलाई प्रवेश गराउन चाहेको बताए । हाल श्रीलंकाको बजारका दुई हस्तीमध्ये सेलोन पेट्रोलियम कर्पोरेसन र लंका आईओसी मात्रै छन् ।

सन् २०२२ जुनमा श्रीलंकाको मन्त्रिमण्डलले तेल उत्पादन गर्ने राष्ट्रका कम्पनीहरूलाई श्रीलङ्काको बजारमा इन्धन आयात र बिक्री गर्न अनुमति (ग्रीन सिग्नल) दिएको थियो । आफ्नो अर्थतन्त्रलाई निकै प्रभावित गर्ने इन्धनअभावपछि श्रीलङ्काले यो कदम चालेको हो । रासस÷सिन्ह्वा

प्रतिक्रिया