मंगलबार, पुष ८, २०८२

मुख्यमन्त्रीद्वारा दिनेश गुप्ताका दुइ पुस्तक विमोचित

नेपालखोज २०७९ साउन २१ गते २१:५६

बीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीले नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सभा सदस्य र गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका भोजपुरी भाषाका संयोजक दिनेश गुप्ताद्वारा लिखित गजल संग्रह सुतल अब ठीक नइखे र हाइकु संग्रह हिरोसिमा नामक दुईवटा पुस्तकको आज एक समाराहोका बीच बिमोचन गरे ।

सो कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउतले केहि दिनमै क्यैबिनेट डिसिजन गराइ मधेश प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने घोषणा गरे । साथै उनले मधेश प्रदेशमा बोलिने प्रत्येक भाषालाइ उचित स्थान दिने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमका विशिष्ठ अतिथि बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिहंले भोजपुरी भाषा हाम्रो मातृ भाषा हो र यसको विकासकालागि हरसंभव प्रयास गर्ने अभिब्यक्ति दिए ।

उनले भोजपुरी भाषा र साहित्यमा काम गर्नेहरू सुति राखेका छन । अब जाग्ने बेला आएको छ । तपाइहरू आउनुस मिलेर भोजपुरी भाषाको विकासमा लागौं । म जति सक्छु यसकालागि सधैं तत्पर रहने छु । सोही कार्यक्रममा बिमोचित कृतिका लेखक दिनेश गुप्ताले आफ्नो साहित्यिक यात्राको चर्चा गरे । नेपालीय भोजपुरी साहित्यमा प्रत्येक विधाको पुस्तक नभएकोले धेरै भन्दा धेरै बिधाको पुस्तक लेख्ने घोषणा गरे । उनको अहिलेसम्म जति पनि कृति प्रकाशित भएको छ । त्यसमा केही पुस्तकबाहेक सबै अलग/अलग बिधाका छन् ।

कार्यक्रममा कृतित्व र ब्यक्तित्वमाथि वरिष्ठ साहित्यकार गणेश प्रसाद लाठ र डा. बिश्वम्भर शर्माले प्रकाश पारे भने, कार्यक्रममा विशिष्ठ अतिथि वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता, नागरीक समाजका अगुवा डा. दीपक शक्य, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकार दुवेद्धी, वरिष्ठ साहित्कार डा हरेन्द्र हिम्कर, कलवार कल्याण समिति पर्साका अध्यक्ष डा. इन्द्र देव साह, शिक्षा उपसचिव बालदेव प्रसाद र साहित्कार राम प्रसाद साहको गरीमामय उपस्थिति रहेको थियो ।

नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिहं ठकुरीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रमको संचालन समाजका उपाध्यक्ष तथा पोखरिया नगरपालिकाका पुर्व उपमेयर सलमा खातुनले गरेका थिए, भने स्वागत मन्तब्य समाजका सचिव तथा पत्रकार राजेन्द्र सिहं राजपुतले गरे ।

कार्यक्रममा पत्रकार, साहित्यकार, उधोगी, ब्यापारी, समाजसेवी लगायत विभिन्न संघ ९ संस्थाका पदाधिकारीहरूको उपस्थितिसमेत रहेको थियो । उक्त पुस्तक बिमोचन कार्यक्रम नेपाल भोजपुरी समाजको आयोजनामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया