वेस्टइन्डिजविरुद्धकाे टी-ट्वान्टी सिरिज भारतले एक खेलअगावै आफ्नाे पक्षमा पार्याे
नेपालखोज
२०७९ साउन २२ गते १०:४८

काठमाडाैं । वेस्टइन्डिजविरुद्धकाे टी-ट्वान्टी सिरिज भारतले एक खेल अगावै आफ्नाे पक्षमा पारेकाे छ । वेस्टइन्डिजविरुद्ध गयराति भएकाे खेलमा भारत ५९ रनले विजयी भएपछि ५ खेलकाे श्रृंखला ३-१ ले आफ्नाे पक्षमा पारेकाे हाे । अन्तिम टी-ट्वान्टी आज हुँदै छ ।
१९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९.१ ओभरमा मात्र एक सय ३२ रनमा सीमित भयो । वेस्ट इन्डिजका लागि निकोलास पुरन र रोभमन पावेलले समान २४ रनको योगदान गरे । भारतका अर्शदिप सिंहले तीन तथा आभेस खान, अक्सर पटेल र रवि विस्नोइले समान दुई विकेट लिए ।
टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९१ रनको योगफल खडा गरेको थियो।
सम्बन्धित
प्रतिक्रिया