मंगलबार, पुष ८, २०८२

एकैदिन ७४८ अभिकर्तालाई बिमा तालिम

नेपालखोज २०७९ साउन २२ गते १०:५४

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार मुलुकभर ७४८ जना नयाँ अभिकर्तालाई बिमा तालिम प्रदान गरिएको छ ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन पाँच सयजना अभिकर्तालाई बिमा तालिम दिने लक्ष्य राखिएकामा ७४८ जनालाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । आईएमई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगन्ज, गोंगबु, गट्ठाघरलगायत शाखाका कार्यालयमा अभिकर्ताहरूलाई तालिम दिइएको थियो ।

त्यस्तै उपत्यकाबाहिर बिर्तामोड, विराटनगर, इटहरी, धरान, मिर्चैया, वीरगन्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा, राप्ती सोनारी, भैरहवा, नेपालगन्ज, बाँसगढी, गुलरिया, लम्की, भुरिगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुनर्बास, महेन्द्रनगरलगायत स्थानमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बिमा व्यवसायका लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्वारा बिमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताए । पाँचौ वर्ष वर्ष पूरा गरेको अवसरमा कम्पनीले शनिबार सातवटै प्रदेशमा बृहत रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ५७१ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया