मंगलबार, पुष ८, २०८२

कास्की, जुम्ला, कैलाली र भोजपुरमा मेटलाइफको बिमा सचेतना

नेपालखोज २०७९ साउन २२ गते १४:४४

काठमाडौं । मेटलाइफले गत साता ६ ग्रामीण जिल्लामा जीवन बिमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको थियो । जसमा सहभागी ६०० जनाले विभिन्न बिमालेखका फाइदाबारे जान्ने मौका पाएका थिए । नेपालगन्ज, टीकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रमको सञ्चालन गरिएको थियो ।

कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइ घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्दछ ।

जीवन बिमा उनीहरूका आपतकालीन समयका लागि एकदम महत्त्वपूर्ण छ किनभने यसले कुनै पनि अप्रत्याशित परिस्थितिहरू जस्तै प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लागेको खण्डमा उनीहरूको परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । जीवन बिमा योजना प्राप्त गर्नाले मनिसलाई दुर्भाग्यपूर्ण घटनापछि आफ्नो सामान्य जीवन पुनः सुरु गर्न मद्दत गर्दछ ।

मेटलाइफ नेपालबारे
मेटलाइफको सहायक कम्पनीका रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाका रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बिमा, दुर्घटना तथा स्वास्थय बिमा, र कर्मचारी लाभ (समूह बिमा) जस्ता सुविधा प्रदान गरिरहेको छ ।

मेटलाइफका बारेमा
मेटलाइफ इन्कले आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई सहज रूपमा अघि बढ्न विभिन्न बिमा योजना, वार्षिक योजना, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरूमध्ये एक हो ।

सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी सहरमा सञ्चालनमा रहेको छ । संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, युरोप तथा मध्य एसियामा अब्बल स्थानमा छ ।

प्रतिक्रिया