मंगलबार, पुष ८, २०८२

नेपाल अडिटर्स एसाेसिएसनले विविध कार्यक्रम गरी मनायाे १७औं स्थापना दिवस

नेपालखोज २०७९ साउन २२ गते १८:४३

काठमाडौं । नेपाल अडिटर्स एसाेसिएसन (अडान)ले १७औं स्थापना दिवसको अवसरमा विविध  कार्यक्रम गरी मनाएको छ ।

अडानका प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभाग संयोजक डोल प्रसाद दाहाल दिएको जानकारी अनुसार  सोही दिन काठमाडौँ  रक्तदान, नेपाल लेखमान (एनएफआरएस  एसएमईस, एमई र एनपीओएस), मौद्रिक नीति २०७९,  हालै कर तथा कर विवरणमा भएका परिवर्तनका सत्रहरू सञ्चालन भएको थियो ।

सञ्चालित सो सत्रमध्ये नेपाल लेखामान सत्रको अध्यक्षता लेखामान बोर्डका अध्यक्ष  प्रकाश जंग थापा, मौद्रिक नीति सत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य एवं निवर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका थिए ।

नेपाल लेखामान (एनएफआरएस एसएमई, एमई र एनपीओएस) सत्रमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र माथि एक्यानका अध्यक्ष दिपक पाण्डे, राजश्व परामर्श समितिका सदस्य सन्दीप अग्रवाल, चेम्बर अफ कमर्शका सचिव पर्शुराम दाहाल, ग्रिल तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, एसीसीए ग्लोबलका नेपाल प्रमुख रबिन कटवालले टिप्पणी गरेका थिए ।

एनएफआरएस बारे जनचेतना नपुगेको समन्वय नभएको, लागु गर्न खर्च बढी लाग्ने भएको र हालको एसएमई, एमईको सीमामा पुनर्बिचार हुनुपर्ने तर संसारका अधिकांश देशमा मानहरु लागु भैसकेकोले नेपालमा पनि गर्नुपर्ने बताइएको थियो ।

१७औं अडान डे को अवसरमा महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल)को प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सुजन कुमार काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक कुमार मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेश प्रसाद सिंह, आन्तरिक राजश्व विभागका उप-महानिर्देशक अजुर्न प्रसाद भट्टराई, अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता अडानका अध्यक्ष केदारनाथ पौडेल, सञ्चालन महासचिव प्रेम बहादुर श्रेष्ठ र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराईले गरेका थिए ।

प्रतिक्रिया