शुक्रबार, वैशाख ७, २०८१

खुद मुनाफा आर्जनमा मुक्तिनाथ अगाडि, गरिमा पछिपछि

कुन विकास बैकले कति कमायो नाफा ? हेर्नुहोस् यस्तो छ वित्तीय अवस्था !

नेपालखोज २०७९ साउन २३ गते १३:४७

काठमाडौं । क्षेत्रीय तथा राष्ट्रियस्तरका गरी १७ विकास बैंकले वित्तीय कारोवार सञ्चालन गर्दै आएकामा हालसम्म १४ वटाले आर्थिक वर्ष ०७८/७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकामध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । त्यसपछि भने बढी नाफा कमाउनेमा गरिमा, महालक्ष्मी, ज्योति र लुम्बिनी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।

मुक्तिनाथले आव ०७८/७९ मा एक अर्ब ३७ करोड २५ हजार आठ सय १० रुपैयाँ खुद मुनाफा कमाउँदा गरिमा विकास बैंकले एक अर्ब पाँच करोड ६६ लाख ५३ हजार दुई सय ३० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने यी दुई बैंकको यस्तो नाफा क्रमशः एक अर्ब १५ करोड ६४ लाख ३५ हजार र ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

महालक्ष्मी, ज्योति र लुम्बिनी विकास बैंकले भने आव ०७८/७९ मा क्रमशः ९५ करोड १९ लाख आठ हजार, ७० करोड १५ लाख तीन हजार र ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी बैंकहरूको यस्तो नाफा क्रमशः ६६ करोड ९९ हजार, ६३ करोड ३८ लाख ६९ हजार र ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी आव ०७८/७९ मा साइन रेसुंगा, कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंकले भने क्रमशः ६४ करोड ५२ लाख ८९ हजार, ६३ करोड नौ लाख ७५ हजार र ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी बैंकहरूको यस्तो नाफा क्रमशः ५० करोड ३७ लाख ३१ हजार, ४९ करोड ८१ लाख ७५ हजार र ४१ करोड ८० हजार रुपैयाँ थियो ।

मितेरी, सिन्धु र ग्रिन डेभलपमेन्ट बैंकले भने आव ०७८/७९ मा क्रमशः १५ करोड ३६ लाख ६८ हजार, ६ करोड ८१ लाख एक हजार र दुई करोड ४१ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी बैंकहरूको यस्तो नाफा क्रमशः १४ करोड ५६ लाख ४७ हजार, तीन करोड १८ लाख ९५ हजार र एक करोड २९ लाख ८० हजार रुपैयाँ रहेको थियो । अघिल्लो अवमा तीन करोड ३८ लाख ९२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको कर्पोरेट डेभलपमेन्ट बैंकले भने आव ०७८/७९ एक करोड चार लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरू भने कर्णाली डेभपलेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले भने आव ०७८/७९ खुद नोक्सानी बेहोरेका छन् । गत आवमा पाँच करोड आठ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको कर्णालीले आव ०७८/७९ मा तीन करोड ७९ लाख २९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकले पनि आव ०७८/७९ एक करोड ५७ लाख ७९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो आवमा नारायणीको यस्तो नोक्सानी एक करोड १९ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

यीबाहेक सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सहारा विकास बैकले अझैसम्म पनि चालु आवको दोेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

आर्थिक वर्ष ०७८/७९ मा विकास बैंकहरूले कमाएको खुद मुनाफा (रकम रु. हजारमा)

प्रतिक्रिया