शनिबार, असोज १९, २०८१

प्रचण्ड सरकारलाई बहुमत सदस्यको विश्वास प्राप्त

नेपालखोज २०७९ पुष २६ गते १७:२८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई २६८ सांसदको विश्वासको मत प्राप्त भएको छ । संसदमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएका हुन् । यो बहुमत संख्या हो ।

पुस १० गते संविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका प्रचण्डले ७६ (४) बमोजिम विश्वासको मत लिएका हुन् । प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका दलहरूमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८, नेकपा एमालेको ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, नेकपा एसका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, आम जनता पार्टीका १ र स्वतन्त्र २ सांसद छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपामात्रै विपक्षमा उभिएको छ ।

प्रतिक्रिया