सोमबार, वैशाख १७, २०८१

कर्मचारी संगठनका नेताहरुलाई अर्थमन्त्रीले भने- बजेट भाषणअनुसारै तलब वृद्धि हुन्छ

नेपालखोज २०७९ साउन २३ गते १४:२३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसारै कर्मचारीहरुको तलबमान लागु हुने आश्वासन दिएका छन् ।

बजेट घोषणाविपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीका नेताहरुले आज (सोमबार) अर्थमन्त्रीलाई भेटेर सच्याउन दबाब दिएका थिए । उनीहरुसँगको भेटमा अर्थमन्त्रीले तत्कालका लागि बजेट भाषणअनुसारै तलब बढाउने आश्वासन दिएका हुन् ।

५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणाअनुसारै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता जनाएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । भेटमा पोखरेलसहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेलगायत सहभागी थिए ।

प्रतिक्रिया