आफ्ना जनप्रतिनिधिलाई साउन ३० र ३१ मा कांग्रेसले प्रशिक्षण दिने !

नेपालखोज २०७९ साउन २३ गते १४:४३

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई साउन ३० र ३१ मा पार्टीले प्रशिक्षण दिने भएको छ । प्रशिक्षण काठमाडौंमा हुनेछ ।

बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति र स्थान तय गरेको हो । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया