प्रतिनिधिसभाको बैठक बस्दै
नेपालखोज
२०७९ साउन २४ गते ६:४५

काठमाडाैं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची रहेकाेछ ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।

सम्बन्धित








प्रतिक्रिया