सोमबार, वैशाख १७, २०८१

बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ८३ पैसा, बिक्रीदर १५४ रुपैयाँ ५६ पैसा

नेपालखोज २०७९ साउन २४ गते ९:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३० रुपैयाँ २० पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५६ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ८४ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ शून्य पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया