मंगलबार, जेठ १, २०८१

टीएमएस खरिदको भुक्तानी अब आईएमई पेबाटै

नेपालखोज २०७९ साउन २४ गते १६:१५

काठमाडौं । सेयर लगानीकर्ताले आफ्नो टीएमएसमार्फत आईएमई पे छनोट गरी आफूले ब्रोकरलाई सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोल्याट्रल लोड गर्न सक्नेछन् । हाल यो सुविधा ३५ भन्दा बढी ब्रोकरमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरू पनि थपिने कम्पनीले जानकारी दिएको छ ।

टीएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आईएमई पे रोजेर सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवाप्रदायक यसरी टीएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरेका छन् । यो भुक्तानी रियल–टाइममा हुने भएकाले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नेछन् । यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालका लागि कुनै सेवाशुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।

आईएमई पेको बारेमा :
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । ‘आईएमई पे’ आईएमई ग्रुपको डिजिटल वित्तीय सेवाप्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्स्योट विनियमावली २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सन्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुबिधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

प्रतिक्रिया