मंगलबार, वैशाख १८, २०८१

सिटिजन्स बैंकको निक्षेप एक खर्ब ४० अर्ब, खुद मुनाफा एक अर्ब ५९ करोड

नेपालखोज २०७८ साउन १५ गते १३:१३

काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्येमा सिटिजन्स बैंक इन्टेनशनल लिमिटेडले सबै भन्दा पहिला आर्थिक वर्ष २०७७-०७८ चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले कोभिड १९ को विश्वमहामारी र यसबाट उत्पन्न भएको असहज परिस्थितीका बावजुत पनि आफ्ना हरेक वित्तीय परिसुचकहरुलाई चुस्त दुरुस्त राख्न सफल भएको छ ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ऐन कानुन र नीतिको परिधिभित्र रहेर बैंकले बिश्वमहामारीको कठिन अवस्थामा पनि निकै नै लोभलाग्दो आर्थिक उपलब्धी हाँसिल गर्न सफल भएको छ ।

बैंक सञ्चालक समितीका अध्यक्ष राजनसिंह भण्डारी एवं व्यवस्थापन प्रमुुखकोरुपमा रहेका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको कुशल सञ्चालन एवं व्यवस्थापकीय क्षमता र सिंगो कर्मचारी संयन्त्र, बैंकका आम सेयरधनी, सञ्चालक, सुभचिन्तक, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, एवं आम ग्राहकको साथ र सहयोग कै कारण बैंकले पछिल्लो समय निकै नै ठुलो व्यवसायीक छलाङ मार्न सफल भएको हो ।

बैकले आव २०७७-०७८ को चौथो त्रैमासमा एक अर्ब ५९ करोड ८७ लाख ९३ हजार चार सय ६५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै ४० करोड रुपैयाँले बढी हो ।

अघिल्लो आवमा बैंकको यस्तो नाफा एक अर्ब १९ करोड ८५ लाख चार हजार छ सय ५९ रुपैयाँ रहेको थियो । आव २०७७-०७८ मा १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार एक सय १५ रुपैयाँ चुक्ता पुंजी कायम गर्न सफल भएको बैंकले यस अवधिमा एक खर्ब ४० अर्ब ६३ करोड ८४ लाख ११ हजार चार सय ८४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ५७ करोड आठ लाख ७२ हजार छ सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले तीन अर्ब ६० करोड ८१ लाख ४९ हजार नौ सय ५४ रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ८८ अर्ब ९९ करोड ६२ लाख २८ हजार चार सय ६४ रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार दुुई सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा बैंकले दुई अर्ब ८८ करोड ४७ लाख ५३ हजार छ सय १७ रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको थियो । आव २०७७-०७८ मा बैंकमा दुई दसमलव ७७ प्रतिसत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर तीन दसमलव ५९ प्रतिसत रहेको छ ।

प्रति सेयर आम्दानी १५ रुपैयाँ ३८ पैसा तथा प्रति सेयर नेटवर्थ एक सय ४८ रुपैयाँ ४९ पैसा रहेको बैंकको यस अवधिमा वितरणयोग्य नाफा एक अर्ब ५७ करोड ८५ लाख ५० हजार दुई सय चार रुपैंयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकमा एक दसमलव ५५ प्रतिसत कर्जा निष्क्रिय कर्जा रहेको थियो भने स्प्रेड दर चार दशमलव सात प्रतिशत रहेको थियो ।

कोभिड १९ को विश्वमहामारी र यसबाट उत्पन्न भएको असहज परिरिस्थतीमा पनि बैंकले आफ्ना वित्तीय परिसुचकहरुलाई यो हदसम्म कायम गर्नु निकै नै चुनौतीपुर्ण रहेको छ ।

बैंकले सञ्चालन एवं व्यवस्थापन समितीले यो चुुनौतीलाई सामना गर्दे यति ठुलो आर्थिक उपलब्धी हाँसिल गरेको हो । बिसं २०६४ साल बैशाख सात गते नेपालको २० औं वाणिज्य बैंकहरुको औपचारिकरुपमा बित्तीय कारोबार सुरु गरेको बैंकले यो अवधिसम्म आईपुग्दा देशभर एक सय ६६ वटा शाखा तथा एक सय १३ वटा एटिएम काउन्टर विस्तार गरिसकेको छ ।

प्रतिक्रिया