मंगलबार, जेठ १, २०८१

ग्लोबल आईएमईका ग्राहकलाई माया मेट्रोमा १५ प्रतिशत छुट

नेपालखोज २०७९ साउन २४ गते १६:५२

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवामा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार ग्लोबल आईएमईका खातावाल ग्राहक तथा कर्मचारीले माया मेट्रोका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचयपत्र पेस गर्नुपर्नेछ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातसँग यस्ता सम्झौता गरी समयसापेक्षअनुरूप ग्राहकलाई लावान्भित गर्दै आएको छ ।

मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया