पशु एम्बुलेन्स खरिद गर्न कागेश्वरी नगरपालिकाद्वारा २३ लाख सहयोग

काठमाडौं । सडकका छाडा गाईवस्तु उद्धार कार्यलाई सजह बनाउन कागेश्वरी नगरपालिकाले पशु एम्बुलेन्स खरिदका लागि सहयोग गरेको छ । एम्बुलेन्स खरिद गर्न नगरपालिकाले २३ लाख रुपैयाँ सहयोग गरेको हो ।
असाहय गाईबाच्छाको संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई नगर प्रमुख उपेन्द्र कार्कीले सोमबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । नगरपालिकाले आर्थिक ०७९/८० को बजेट अन्तर्गत रकम उपलब्ध गराएको हो ।
एम्बुलेन्सले यो अभियान थप प्रभावकारी हुने पुडासैनीको भनाइ छ । उनी भन्छन्, ‘एम्बुलेन्सको आगनसँगै अभियानमा नयाँ आयाम थपिएको छ ।’ पवित्र कार्यका लागि रकम उपलब्ध गराएकोमा उनले कागेश्वरी नगरपालिकालाई धन्यवाद दिएका छन् ।
गाई–बाच्छा उद्धारको लागि एम्बुलेन्स आगामी सातादेखि प्रयोगमा आउने पुडासैनीले बताएका छन् । उनको टिमले काठमाडौंका सडकमा छाडा छोडिएको गाईवस्तु उद्धार गर्दै आएको छ । यसका लागि उनीहरुले काठमाडौंको कागेश्वरी मनोहरामा सेल्टर बनाएका छन् । हाल उनीहरुको संरक्षणमा दुईसय भन्दा बढी गाई-बाच्छा छन् ।

प्रतिक्रिया