मंगलबार, पुष ८, २०८२

भारी वर्षाले काँडाघारीकाे प्रहरी प्रभाग नै डुबानमा, ३ वटा मोटरसाइकल बगायो

नेपालखोज २०७९ साउन २५ गते ८:१४
प्रतीकात्मक तस्बिर

काठमाडाैं । भक्तपुर र आसपासका क्षेत्रमा गएराति परेका भारी वर्षाले विभिन्न ठाउँका क्षति पुर्याएको छ । अविरल वर्षाका कारण काँडाघारीमा रहेको प्रहरी प्रभाग नै डुबानमा परेको छ । प्रहरी कार्यालयको एक तल्लाको पूरै भाग डुबाएको छ । 

मेसको आधा भाग बगाएको, मेसभित्र भएको ग्यास, खाद्यान्न, भाँडा, फर्निचरको सामान सबै बगाएको प्रहरीले जनाएको छ । कार्यालयको पछाडिको भागमा रहेको तीनवटा मोटरसाइकलसमेत बगाएको प्रहरीले जनाएको छ । 

पानी पसेपछि सञ्चार सेटले समेत काम गर्न छाडेको छ । बत्ती नहुँदा कम्प्युटर नेटवर्क तथा इमेलबाट मेसेज आदान-प्रदान गर्न नसकिने अवस्था रहेको काँडाघारी प्रहरीले जनाएको छ । 

यस्तै, प्रहरीले खहरेमाथि राडारबाट दुई पुरुषको उद्धार गरेको छ । ३ वटा सानो र ४ वटा ठूलो गाडीको पनि उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया