मंगलबार, पुष ८, २०८२

यी नदी पानीकाे बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

नेपालखोज २०७९ साउन २५ गते ९:५७

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने छ ।

बाढी पूर्वानुमान महाशाखाले आज देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्ने जनाएकाे हाे । अरू केही ठूला नदीमा पनि पानीकाे बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान छ । उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया