मंगलबार, पुष ८, २०८२

बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी

नेपालखोज २०७९ साउन २५ गते १२:३०

काठमाडौं । काठमाडौं बालाजु बाइपासस्थित एक कारखानामा आगलागी भएको छ। वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । जुत्ता कारखानामा आज (बुधबार) १२ बजे तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया