शुक्रबार, चैत १६, २०८०

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ साउन २६ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया