जापानमा एकै दिन दुई लाख ५० हजार संक्रमित, २५१ जनाको मृत्यु

टोकीयो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीनजनामा संक्रमण देखिएको छ ।
जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै संक्रमित पाइएका हुन् । यही अगस्त ३ पछि यहाँ सबैभन्दा धेरै संक्रमित देखिएका हुन् ।
अगस्त ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना संक्रमित देखिएका थिए । यो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो ।
यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बीए.५’ थप द्रूत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति द्रूत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् ।
यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा सिकिस्त प्रकृतिका संक्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।
जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै संक्रमित भेटिन थालेको पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमै पाइएको बताइएको छ ।
प्रतिक्रिया