बिहीबार, वैशाख १३, २०८१

चुनावी मोर्चा बनाएर अघि बढ्लान् त प्रचण्ड-बाबुराम ?

नेपालखोज २०७९ साउन २६ गते १३:०५

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी मोर्चा बनाएर जाने विषयमा छलफल भएको छ ।

बाबुरामले प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग बिहीबार गरेको भेटका अवसरमा आगामी चुनावमा मोर्चा बनाएर जाने विषयमा छलफल भएको हो ।

बाबुरामले समाजवादी पार्टी गठन गरेपछि दलका शीर्ष नेतालाई भेटवार्ता गरिरहेका छन् । उनले केही दिनअघि नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । बाबुरामले आफूहरू सत्ता गठबन्धनमै रहन चाहेको र चुनावी गठबन्धन गरेरै जाने बताएका थिए । बाबुराम गोरखा २ बाट यसपालि पनि उम्मेदवार हुने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया