मंगलबार, वैशाख ११, २०८१

रिचेत जलविद्युत्‌को आईपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

नेपालखोज २०७९ साउन २६ गते १४:५५

काठमाडौं । रिचेत जलविद्युत् कम्पनी लिमिटेडको सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्न एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकका रुपमा नियुक्त भएको छ ।

कम्पनी ऐन, २०६३ अन्तर्गत २०७० सालमा स्थापना भएको रिचेतको प्रमुख कार्यालय ललितपुर १५, महालक्ष्मीस्थानमा छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि एक लाख १२ हजार दुई सय २३ दशमलव ५७ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ ।

सम्झौतापत्रमा अर्जुनप्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत् कम्पनी लिमिटेड) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत् कम्पनी लिमिटेड) तथा सचिन्द्र ढुंगाना (नायब महाप्रबन्धक, एनआईबीएल एस क्यापिटल लिमिटेड) र रोश्ना मानन्धर (प्रमुख- मर्चेन्ट बैंकिङ, एनआईबीएल एस क्यापिटल लिमिटेड) ले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया