एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपालखोज
२०७९ साउन २६ गते १५:२७

हेटौंडा । हेटौंडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका ९ को खरंगामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।
एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया